खाेज्नुहाेस

कांग्रेस कैलाली कार्यसमिति चयनका लागि आज मतदान हुँदै

Image

अत्तरिया – कांग्रेस कैलाली कार्यसमिति चयनका लागि आज मतदान हुने भएको छ । पदाधिकारी सहित ६७ जनाको कार्यसमिति चयनका लागि आज मतदान हुन लागेको हो ।

निर्वाचन अधिकृत टेक प्रशाद सुवेदीले जिल्ला कार्यसमिति चयनका लागि बिहान ११ बजे देखि मतदान हुने बताए । मतदान पछि आवश्यक तयारी गरी मतगणना गरिने जनाइएको छ । मतदानका लागि धनगढीको कवर्डहलमा केन्द्र तोकिएको छ ।

attariya hospital
navjiwan hospital

जिल्ला कार्यसमिति निर्वाचनका लागि ३ प्यानलको उम्मेदवारी परेको छ । संस्थापन पक्षबाट २ र इतर पक्षबाट १ प्यानलको उम्मेदवारी परेको छ । निर्वाचन कार्यालयका अनुसार कार्यसमितिका लागि सभापतिमा नारायणदत्त भट्ट, प्रकाशबहादुर बम र रामबहादुर कलेल प्यानल सहित उम्मेदवारी दिएका छन । भट्टको प्यानबाट उपसभापतिमा भीम बडुवालले उम्मेदवारी दिएका छन ।

उनले यसअघि जिल्ला सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए । उनी अन्तिम समयमा आएर पछि हटेका छन । भट्ट प्यानलबाटै उपसभापतिमा रामप्रशाद चौधरीले पनि उम्मेदवारी दिएका छन

। त्यस्तै सचिवमा केशव मिश्र र अमृत बिसी, सहसचिवमा रामसमझ राना र कलेसु चौधरीले उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जनाएको छ । बम प्यानलबाट उपसभापतिमा खेमराज चौधरी र तेजशंकर भट्टले उम्मेदवारी दिएका छन ।

त्यस्तै बम प्यानबाट सचिवमा सचिवमा नृप सुनार थर्क शाह, सहसचिवमा कृष्ण पाण्डेय र राजेन्द्र खड्काको उम्मेदवारी दिएका छन । कलेल प्यानलबाट उपसभापतिमा यज्ञनिधि कोइराला र लोकराज पाण्डेय ‘आगो’ ले उम्मेदवारी दिएका छन । त्यस्तै सचिवमा देवानन्द जैशी र नवराज जोशी, सहसचिवमा रविन्द्रप्रताप सिह र तीर्थराज जोशीको उम्मेदवारी दिएका छन ।