खाेज्नुहाेस

सुदूपश्चिम प्रादेशिक महोत्सवमा कौशल र राजा राजेन्द्रको बेजोड प्रस्तुती

Image

अत्तरिया – कैलालीको अत्तरियामा सञ्चालित सुदूरपश्चिम प्रादेशीक महोत्सवमा शनिबार राष्ट्रिय कलाकार अर्जुन कौशल र कमेडियन राजा राजेन्द्रको बेजोड प्रस्तुती रह्यो । यही फागुन १३ गतेदेखि सञ्चालित महोत्सवको दोस्रो दिन लोक पप गायक कौशल र कमेडियन राजेन्द्रले दर्शकहरुलाई मनोरञ्जन दिएका थिए ।

लोकपप गायक कौशलले यानीमाया हो, नथियावालीले, डम्फु मादल, झुमा नाँच छमाछम, भिरको बाटोमा मोटर जाने भयो रे लगायतका आफ्ना चर्चित गितहरु गाएर दर्शकहरुलाई नचाएका थिए ।

attariya hospital
navjiwan hospital

यसैगरी कमेडियन राजा राजेन्द्रले पछिल्लो समयमा घटिरहेका घटनाहरुलाई कमेडिका रुपमा महोत्सवमा प्रस्तुत गरेका थिए ।
यसका साथै महोत्सवमा शनिबार विभिन्न स्थानीय कलाकारहरुले आफ्ना प्रस्तुतीहरु राखेका थिए ।

महोत्सवमा आईतबार अहिलेका चर्चित गायक प्रकाश राजदुत आउने आयोजक अत्तरिया उद्योग वाणिज्य संघका महासचिव यज्ञराज जोशीले जानकारी दिए ।

पछिल्लो समयमा राजदुतका घर कताको बैनीको, जाम भो माईली रेलैमा, चोली मैलै भो लगायतका गितहरु सुपरहिट भएका थिए ।

राजदुतसँगै आईतबार लोकदोहोरी गायीका बबिता बानिँया जेरी र देउडा गायक टेक बोगटीसँगै स्थानीय स्तरका कलाकार एवम् डान्स क्लबहरुको प्रस्तुती रहने महासचिव जोशीले बताए ।