अछाम – अछाममा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिवार मंगलसेन नगरपालिका–५ मा अनियन्त्रित भएर अटो पल्टिँदा अटोमा सवार मंगलसेन नगरपालिका–३ लाछीमानाका ४८ वर्षीय निर्प बोगटीको मृत्यु भएको हो ।

लाछीमानाबाट मंगलसेनतर्फ जाँदै गरेको सुप प्र०१००१ ह ६११३ नम्बरको अटो दुर्घटनामा हुँदा बोगटी घाइते भएका थिए ।

उनलाई उपचारका लागि जिल्ला अस्पताल मंगलसेन लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनापछि अटो र चालक नियन्त्रणमा लिइएको छ ।

















