खाेज्नुहाेस

एमसिसी संशोधनबिना अनुमोदन गर्न सकिँदैन : माधव नेपाल

Image

धनगढी – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट एमसिसी परियोजनालाई नेपाल र नेपाली जनताको हितलाई ध्यानमा राखेर मात्र अगाडि बढाउनुपर्ने बताएका छन् ।

समाजवादी प्रेस सङ्गठन नेपाल कैलालीद्वारा शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिले एमसिसीको सन्दर्भमा उठिरहेको विषय परियोजनाको जग्गाको स्वामित्व र यसमा नेपालीको रोजगारीको कुरा सुनिश्चित हुनुपर्ने रहेको उल्लेख गरे ।

attariya hospital
navjiwan hospital

‘यसबाट प्राप्त हुने मौद्रिक सम्पत्ति र सम्पदामा नेपालको हक सुरक्षित हुनुपर्दछ’, उनले भने, ‘परियोजना विशुद्ध आर्थिक सहयोगको परियोजना हुनुपर्छ । परियोजना भनेको खासगरी अनुदानसँग जोडिएको छ भने त्यो अनुदान हुनुपर्दछ ।’

अध्यक्ष नेपालले आफ्नो पार्टीले यथास्थितिमा नै एमसिसी सम्झौतालाई अनुमोदन गर्न नसक्ने स्पष्ट पारे ।

रासस