खाेज्नुहाेस

समैजी मावि मजगाउँको ४० औं बार्षिक उत्सव सम्पन्न

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. ८ मा रहेको समैजी माध्यमिक विद्यालय मजगाउँको ४० औ वार्षिक उत्सव तथा अभिभावक दिवश समारोह सम्पन्न भएको छ । बिहिबार एक औपचारीक कार्यक्रमका बिच विद्यालयको वार्षिक उत्सव समारोह सम्पन्न भएको हो ।

विद्यालयका अध्यक्ष चन्द्र प्रकाश चौधरीको सभापतित्वमा आयोजीत कार्यक्रमका प्रमुख अतिथी गोदावरी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष नरेश अधिकारी रहेका थिए भने विशिष्ठि अतिथिमा विद्यालयका आजिवन सदस्य एवम् पञ्चोदय मावीका अध्यक्ष चक्र बहादुर बम रहेका थिए । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।

attariya hospital

२०३८ सालमा स्थापना भएको विद्यालयमा ११५० जना विद्यार्थीहरु अध्यापन गरिरहेका विद्यालयका प्रधानाध्यापक केशवराज विनाडीले जानकारी दिए । उनले सुरुवाती चरणमा प्रावि हुदै २०५६ सालमा निमावि र २०६७ सालदेखी मावि तहमा विद्यालयमा अध्यापन हुदै आएको बताए ।

navjiwan hospital

विद्यालयले उत्कृष्ट सिकाई उपलब्धी हासिल गरेवाफत २०७३ मा दुई लाख र २०७४ सालमा एक लाख पुरस्कार प्राप्त गरेको समेत उनले बताए । यसका साथै विद्यालयले कैलाली जिल्लामै पहिलो पटक २०७२ सालमा सुदूरपश्चिम क्षेत्रमा माध्यमिक क्षेत्रिय शिल्ड, ध्वजा र रु. एक लाख नगद पुरस्कार प्राप्त गरेको प्रधानाध्यापक विनाडीले बताए ।

यसैबिच सोही कार्यक्रममा वडा कार्यालयले पनि सामुदायीक विद्यालयका शिक्षकहरुलाई सम्मानित गरेको छ । वडाले आर्थिक वर्ष २०७८/०७९ को ९० हजार बजेटबाट सामुदायीक विद्यालयका ९ जना उत्कृष्ट शिक्षक/शिक्षिकाहरुलाई सम्मानित गरेको हो ।

यसका साथै वडाले वडाका विद्यालयमा लामो समयसम्म सेवा प्रदान गरी अवकाश हुने अवस्था आएका र अवकाश भएका दुई जना शिक्षकहरुलाई पनि सम्मानित गरेको छ । अवकाश प्राप्त हुन लागेका समैजी माविका प्रधानाध्यापक केशवराज विनाडी र सोही विद्यालयका शिक्षक मुक्तिनारायण चौधरीलाई सम्मानित गरिएको हो ।

वडाले सामुदायीक विद्यालयबाट एसईईमा ए प्लस ल्याएका विद्यार्थीहरुलाई पनि पुरस्कार वितरण गरेको छ । वडामा रहेका ३ वटा सामुदायीक विद्यालयमा अध्ययनरत ए प्लस ल्याएका ३४ जना विद्यार्थीहरुलाई वडाले पुरस्कृत गरेको हो । सामुदायीक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको पढाईमा मनोबल बढाउन वडाले पुरस्कार वितरण गरेको वडाध्यक्ष नरेश अधिकारीले बताए ।

उनले वडाका विद्यालयहरुमा रहेका गरिब, जेहेन्दार तथा विपन्न विद्यार्थीहरुलाई पनि वडाले सहयोग गरेको बताए । ‘वडाका सामुदायीक विद्यालयमा अध्ययनरत विपन्न, जेहेन्दार र मेहनती १५ जना विद्यार्थीहरुलाई हामीले सहयोग गरेका छौ’ उनले भने ‘विद्यालयले दिएको लिस्टको आधारमा उक्त विद्यार्थीहरुलाई ड्रेस, झोला, कापि, कलम लगायतका शैक्षिक सामग्रीहरु सहयोग गरेका हौ ।’