खाेज्नुहाेस

गोदावरीका सुत्केरी महिलाहरुलाई पोषणयुक्त खाद्यान्न वितरण

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका सुत्केरी महिलाहरुलाई पोषणयुक्त खाद्यान्नहरु वितरण गरिएको छ । लुथरन वल्र्ड रिलिफ (एलडब्ल्युआर) को आर्थिक सहयोग र गोदावरी नगरपालिकाको सहकार्यमा ब्याकवार्ड सोसाईटी एजुकेशन (बेस) ले नगरभित्र रहेका १६ जना सुत्केरी महिलाहरुलाई पोषणयुक्त खाद्यान्नका साथै कपडा पनि वितरण गरेको हो ।

बेसद्धारा सञ्चालीत कोभिड – १९ बाट प्रभावित समुदायहरुको लागी पुनरोत्थान परियोजना अन्तरगत खाद्यान्न एवम् कपडा वितरण गरिएको परियोजनाकी कर्मचारी दिपा बमले जानकारी दिईन । उनले नगरपालिकामा प्रसुती अवस्थामा रहेका अति विपन्न समुदायका महिलाहरुलाई ५ हजार बराबरको पोषणयुक्त खाद्यान्न र कपडा वितरण गरिएको बताईन ।

attariya hospital
navjiwan hospital

उनले गर्भवती महिलाहरुलाई नियमीत चेकजाँच तथा प्रसवका लागी अनिवार्य रुपमा स्वास्थ्य संस्थामा जाने वा शिशुका सम्पुर्ण खोपहरु लगाउन प्रेरित गर्ने उद्देश्यले सामग्री वितरण गरिएको बताईन ।

उनका अनुसार वितरण गरिएका सामग्रीहरुमा २५ किलो चामल, १ क्रेट अण्डा, १ लिटर तेल, आधा किलो घिउ, आधा किलो सरफ, १ पिस साबुन, १०० ग्राम ज्वानो, १०० ग्राम मेथी, १ किलो नुन तथा १ सेट बच्चाको कपडा, १ थान पातलो ब्लांकेट, १ थान मेक्सी र बेबी पाउडर रहेका छन ।

सामग्री वितरण पश्चात बोल्दै गोदावरी नगरपालिका स्वास्थ्य शाखाका निमित्त प्रमुख बिष्णु जोशीले सुत्केरीहरुको स्वास्थ्य प्रर्वद्धनका लागी परियोजनाले गरेको सहयोग अतुलनिय रहेको बताए ।

उनले परियोजनाको सहयोगले महिलाहरुलाई गर्र्भवती समयमा आफ्नो र बच्चाको स्वास्थ्यस्थिति राम्रो बनाउन अनिवार्य रुपमा स्वास्थ्य संस्थामा जानुपर्ने कुराको विकाश गर्ने अपेक्षा लिएको बताए ।