काठमाडौं – ज्ञानेन्द्र शाहीले संचालन गरेको ‘हाम्रो नेपाल हाम्रो नेपाली’ अभियान राप्रपामा समाहित भएको छ । आज राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा हाम्रो नेपाल हाम्रो नेपाली अभियान र राप्रपा बीच एकता घोषणा गरिएको छ ।

शाही सहित अभियानलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गरेका छन् ।

मङ्गलवार दुवै पक्षबीच बसेको बैठकले शाही नेतृत्वको अभियानलाई पार्टीमा समाहित गर्ने निर्णय गरेको थियो । समझदारी पत्रमा राप्रपाको वार्ता टोली संयोजक तथा महामन्त्री डा. धवलशम्शेर राणा र अभियानको वार्ता टोली संयोजक विनोद खड्काले हस्ताक्षर गरेका थिए ।

















