काठमाण्डौं – सुनको मुल्य बढेको छ । छापावाला र तेजाबी सुन प्रतितोला ४ सयका दरले बढेको हो । यो संगै छापावाला सुनको मुल्य ९६ हजार ५०० पुगेको छ भने तजाबी सुनको मुल्य ९६ हजार कायम भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले वृद्धि भएरको छ । यो संगै चाँदीको मुल्य एक हजार ३०५ कायम भएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८९१ डलर आसपास कारोबार भइरहेको छ ।

















