अत्तरिया – बैतडीमा एक महिलालाई बलात्कार पछि ज्यान मार्ने धम्की दिइएको छ ।जिल्लाको मेलौली नगरपालिककी ३० बर्षिय महिलालाई स्थानीय एक पुरुषले बलात्कार पछि ज्यान मार्ने धम्की दिएका हुन । ज्यान मार्ने धम्किकै कारण २ साता पछि मात्रै बलात्कार भएको घटना बाहिरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दर्शन खड्काले ति महिलाले आफूमाथी बलात्कार गरेको किटानी जाहेर दिएको बताएका छन । किटानी अनुसार ति महिलामाथी मेलौली नगरपालिकाबाट घर जाने समयमा बलात्कार भएको हो ।

प्रहरीले बलात्कार अरोपित करनसिह नेगीलाई पक्राउ गरेको जनाएको छ ।



















