अत्तरिया – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको धम्की दिएको अडियो भाइरल भएको छ । उनले अछाम घर भई भारतको मुम्बई बस्ने जगत ओलीलाई धम्की दिएको अडियो भाइरल भएको हो ।
अक्त अडियोमा मन्त्री आलले अश्लील शब्द प्रयोग गर्दै गालिगलौज समेत गरेका छन । उनी अडियोमा आफूविरुद्ध फेसबुकमा जथाभावी किन लेखेको भन्दै ओलीविरुद्ध खनिएका छन् ।


आलेले ओली बसेको मुम्बईको ठेगाना माग्दै ‘त्यहींबाट उठाइदिने’ र ‘हातखुट्टा काटिदिने’ धम्कीसमेत दिएको अडियोमा सुनिन्छ ।
मन्त्री आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीले भने तथ्यहीन आरोप लगाएको बताएका छन । उनले भारतको मुम्बई बस्दै आएका जगत ओलीको नामबाट निरन्तररूपमा ब्ल्याकमेल गर्ने, उत्तेजित गर्ने र सोही विषयलाई सामाजिक सञ्जालमा राख्ने तथा धम्क्याउने काम भएको भन्दै खेद प्रकट गरेका छन ।
सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवं व्यक्तिगत विषयलाई अनधिकृतरूपमा बाहिर सार्वजनिक गरी मन्त्रीको छविमा आँच आउने काम गरिएको भन्दै रेग्मीले दोषीमाथि कारबाही गर्नुपर्ने बताएका छन् ।

















