खाेज्नुहाेस

प्रमुख प्रशासकीय अधिकृतको माग गर्दै बुढीगंगामा तालाबन्दी 

Image

गगन अयडी/बाजुरा – बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा स्थानीय बासीले तालाबन्दी गरेका छन । नगरबासीहरूले प्रमुख प्रशासकीय अधिकृतको माग गर्दै कार्यालयमा ताला बन्दी गरेका हुन ।

प्रमुख प्रशासकिय अधिकृत प्रेमकाजी महर्जन मंसिर १७ गते सरुवा भएर गएपछि नगरपालिका ४ महिना देखि प्रमुख प्रशासकीय बिहिन बनेको नगरपालिका कर्मचारीहरुले बताएका छन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोबार पुर्ण रुपमा बन्द भएको छ । विकासे लगायत अन्य योजनाहरुको काम समेत प्रभाबित भएको छ ।

attariya hospital
navjiwan hospital

४ महिना देखि सामाजिक सुरक्षा भता समेत वितरण हुन सकेको छैन भने प्रमुख प्रशासकीय अधिकृत नहुदा कर्मचारीहरुले समयमा तलब खान समेत पाएका छैनन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको काममा लथालिङ्ग भएको स्वास्थ्य शाखा प्रमुख दिपक शाहले वताएका छन् । बुढिगंगा नगरपालिकामा अहिले मात्र नभइ प्राय जसो प्रमुख प्रशासकिय अधिकृत विहिन बन्ने गरेको छ ।

नगरपालिकामा कार्यरत कर्मचारीलाई कार्यपालिकाले शिफारीस नगर्ने संघ बाट कोही आउन नमान्ने भएकाले नगरपालिकामा सधै समस्या हुने गरेको एक कर्मचारीले वताएका छन् । नगरपालिकामा कार्यरत केही कर्मचारीले आर्थिक अधिकार सहितको प्रशासकिय अधिकृतका लागि दौडधुप गरेपनि कार्यपालिकाले निर्णय नगर्दा समस्या हुने गरेको छ । कर्मचारीनै राजनीति खिचातानि गर्ने, एकले अर्कोलाई स्वीकार नगर्ने भएकाले कार्यपालिकाले निर्णय गर्न नसकेको एक कार्यपालिका सदस्यले बताएका छन् ।

नगर प्रमुख दिपक विक्रम शाह भने केही महिनाको लागि देश बाहिर नगरपालिकाबाट बजेट खर्च गरेर भ्रमणमा गएका छन । नगर प्रमुखको लापरबाहीले गर्दा अहिले सम्म प्रमुख प्रशासकीय अधिकृत विहिन भएको स्थानीयको आरोप छ ।

प्रमुख प्रशासकीय अधिकृत राखेर सामाजकि सुरक्षा भत्ता समयमा वितरण गर्नु पर्ने, शिक्षक कर्मचारस्हरुको तलव भता उपलब्ध गराउनु पर्ने, निर्माण कार्य सम्पन्न गरिएका योजनाको रकम नियम अनुसार भुक्तानी गर्नु पर्ने, निर्वाचनको कार्यालय स्थापना गर्नु पर्नु, लगाएतका ७ बुदे मागहरुको सुनुवाइ नहुँदा सम्म नगर कार्यपालिका कार्यालयको ताला नखोल्ने अखिल नेपाल विद्यार्थी संघका नेता शुसिला मिजारले बताएका छन ।