धनगढी – कैलालीको कैलारी गाउँपालिका– ६ का ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिएको छ । सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालले कैलारी गाउँपालिका– ६ का ३०० ज्येष्ठ नागरिकलाई सिरक वितरण गरेको हो ।

नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डा आरजुु राणा देउवाको पहलमा माण्डवी संस्थाको आर्थिक सहयोगमा प्रत्येक ज्येष्ठ नागरिकलाई एकएकवटा सिरक वितरण गरिएको सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपाल कैलालीका संयोजक तपेन्द्र भुसालले जानकारी दिए ।

माण्डवी संस्थाकी अध्यक्ष अन्जु झाले मधेस प्रदेशका विभिन्न जिल्लामा काम गरिरहेको भए पनि संस्थाले कैलालीमा सिरक वितरण गरेको बताइन्। उनले पुसमै वितरण गर्ने योजना रहे पनि कोभिडका कारण ढिलाइ भएको जानकारी दिइन् ।
वडा अध्यक्ष प्रेम चौधरीको अध्यक्षतामा भएको सिरक वितरण कार्यक्रममा नेपाली कांग्रेसका नेता आशाराम चौधरी, रामसमझ चौधरी, जीवन राना, डण्डी सुुवेदीलगायतले ज्येष्ठ नागरिकलाई सिरक वितरण गरेका थिए ।


















