अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. २ मा रहेको अपि सैपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः ललित रोकाया चयन भएका छन ।

शुक्रबार सम्पन्न संस्थाको १२ औ साधारण सभा एवम् पाँचौ अधिवेशनबाट संस्थाको अध्यक्षमा रोकाया सर्वसम्मत चयन भएका हुन ।

अधिवक्ता विर बहादुर जेठाराको संयोजकत्वमा गठित ३ सदस्यीय निर्वाचन समितिले अधिवेशनको बन्दसत्रबाट संस्थाको पुरानै कार्यसमितिलाई पुनः दोहो¥याएको छ ।
नयाँ चयन भएको कार्यसमितिको उपाध्यक्षमा बालकृष्ण प्रसाई, सचिवमा मदनराज शर्मा र कोषाध्यक्षमा भरत बहादुर खत्री रहेका छन भने सदस्यहरुमा डाक्टर नरबहादुर मौनी, विर सिँ कार्की र छविराज पाण्डेय रहेका छन ।

















