खाेज्नुहाेस

सभामुखले पार्टीको सदस्य सरह काम गरे : सांसद थापा

Image

गगन अयडी/बाजुरा – नेकपा एमालेका केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला प्रतिनिधी सभाका सदस्य लाल बहादुर थापाले सभामुख अग्नीप्रसाद सापकोटाका कारण सांसद अबरुद्ध भएको बताएका छन ।

नेकपा एमाले जिल्ला कमिटि बाजुराको पदाधिकारीको पहिलो बैठक पछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन ।

attariya hospital
navjiwan hospital

उनले नेकपा एमालेबाट दलिय आचरणको कार्बाहीका लागि १४ जना संसदहरुको कार्बाहीका लागि माग गरेको र सो बिषयमा सभामुखले सुनुवाई नगरेकाकै कारण प्रतिनिधी सभा चल्न नसकेको बताए ।

सभामुखले स्वतन्त्र रुपमा चल्नुपर्ने भए पनि पार्टीको सदस्य सरह काम गरेकै कारण सभा चल्न नसकेको उनले बताए । संसद नचल्नुमा नेकपा एमालेलाई दोष मात्रै देखाउने काम भएको बताउँदै उनले यसको भ्रममा कोही पनी नपर्न आग्रह गरे ।

उनले एमसीसी बिषयमा अहिलेकै गठबन्धन सकारमा निहीत रहेको बताए । ‘यो २०७४ सालमा नेपाली कांग्रेसकै सरकार भएको पालामा भएको निणर्य हो । यस अघि पनि नेपालले अनुदान खाईरहेको र यो पनि अुनदानमै आउने भएकोले यसमा एमाले पास गर्न कुनै कन्जुस्याई गर्दैन’ उनले भने ‘एमालेले उहिल्यै पास गर्ने लाईन थियो तर नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डका कारण रोकीएको हो ।’