खाेज्नुहाेस

कञ्चनपुरमा एक घरका सबै सदस्यलाई बेहोस बनाएर लुटपाट

Image

कञ्चनपुर – कञ्चनपुरमा एक घरका सबै सदस्यहरुलाई बेहोस बनाएर लुटपाट गरेका छन् । दुई भारतीय नागरिकले भीमदत्त नगरपालिका–३ को शुभप्रभात टोलका स्थानीय सन्तोश पाण्डेका परिवारका सबै सदस्यलाई बेहोस बनाएर शुक्रबार राति घरमा लुटपाट गरेका हुन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ताप्रहरी नायब उपरीक्षक(डीएसपी) चक्रबहादुर शाहले पाण्डेका अनुसार घरमा दुई दिन अगाडि मात्र कोठा भाडा लिएर बस्दै आएका दुई जना भारतिय नागरिकले सबैलाई बेहोस बनाएर लुटपाट गरिएको थियो ।

attariya hospital
navjiwan hospital

‘दुई दिनअघि मात्र उहाँको घरमा कोठा भाडा लिएर बस्ने गरेका दुई जना भारतीय नागकिरले शुक्रबार राति श्रीमतीको जन्मदिन परेको भन्दै मिठाइ र केक खुवाउनुभएको रहेछ,’ डीएसपी शाहले भने, ‘तर पिठाइ र केकमा नसालु पदार्थ खुवाएर घरका सबै सदस्यलाई बेहोस बनाएर लुटपाट भएको देखिन्छ ।’

शाहका अनुसार पाण्डे, उनकी श्रीमती कमला, २० वर्षीया छोरी सोना, १८ वर्षीय छोरा सन्दिप र १४ वर्षीय छोरा सुदिप बेहोस अवस्थामा घरमै भेटिएका थिए । उनीहरुको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने सबैको अवस्था सामान्य छ ।

लुटपाटमा संलग्न भारतीय नागरिकको पहिचान खुलेको छैन । उनीहरुले घरमा रहेको गरगहना, नगद, मोबाइल, कम्प्युटर लगायतका सरसामान चोरी गरेको पीडितले बताएका छन् । चोरीमा संलग्नहरुको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक शाहले बताए ।