अत्तरिया – पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज पनि बर्षा र पहाडी क्षेत्रमा हिमपात भइरहेको छ । प्रदेशमा धेरै जसो स्थानमा अहिले पनि बर्षा र हिमपात भइरहेको छ ।

बिहिबार दिउँसो देखि यस क्षेत्रमा भएको बर्षा र हिमपात अझै रोकिएको छैन् ।मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अझै देशका धेरै स्थानमा मेघ गर्जन, चट्याङ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

अत्तरिया क्षेत्रमा बिहिबार ६दशमलव ३ मिलिलिटर बर्षा भएको थियो । बर्षाका कारण यस क्षेत्रमा चिसो समेत बढेको छ ।

















