खाेज्नुहाेस

गोदावरी नगरपालिका – ६ र ७ मा मिनि कम्बल वितरण

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. ६ र ७ मा मिनि कम्बल वितरण गरिएको छ ।

navjiwan hospital

स्थानिय १० जना युवाहरुको समुहले वडा नं. ६ का २० र ७ का २० जना गरी ४० जनालाई मिनि कम्बल वितरण गरेका हुन ।

attariya hospital

वडामा रहेका अनाथ, असहाय, अपांग एवम् विपन्न परिवारका व्यक्तिहरुलाई मिनि कम्बल वितरण गरेको स्थानिय गणेश जिमि साउँदले बताए ।

उनले नगरमा केही दिन यता चिसो बढ्दै गएकाले विपन्न परिवारका व्यक्तिहरुलाई राहत स्वरुप मिनि कम्बल वितरण गरिरहेको बताए । उनले नगरका अन्य वडाहरुमा पनि कम्बल वितरण गरिने बताए ।