अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा एक युवा मृत फेला परेका छन ।
नगरपालिकाको वडा नं. ६ कोली कटानका १९ वर्षिय युवा सागर कोली झुन्डिएको अवस्थामा मृत फेला परेका हुन ।


ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक नवराज पोखरेलका अनुसार मृतक कोली राती श्रीमती सँगै सुतेका र बिहान झुन्डिएको अवस्थामा फेला परेका हुन ।
‘राती श्रीमतीसँगै आफ्नै कोठामा सुतेका रहेछन, बिहान श्रीमती उठेर हेर्दा बुढालाई पंखामा झुन्डिएको अवस्थामा देखेर खबर गरेको बुझ्नमा आएको छ’ उनले भने ‘तैपनि तत्कालै भएकाले बाच्छन की भनेर सेती प्रादेशीक अस्पताल लगेछन, तर अस्पतालले मृत घोषणा गरीसकेछ ।’
घटनाको बारेमा अनुसन्धान भैरहेको उनले बताए ।

















