अत्तरिया – सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना उपचाररत २ कोरोना संक्रमितको मत्यु भएको छ । पछिल्लो २४ घण्टामा कैलालीको गौरीगंगा नगरपालिका – ८ का ६५ बर्षिय पुरुष र कञ्चनपुरको कृष्णपुर नगरपालिका – १ का ३५ बर्षिय पुरुषको मृत्युु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिएका छन ।

उनका अनुसार पछिल्लो २४ घण्टामा ४ जनाले कोरोना जितेर अस्पतालबा डिस्चार्ज भएका छन भने ३ कोरोना संक्रमित कोरोना उपचारका लागि अस्पतालमा भर्ना भएका छन ।

हाल सेतीमा १८ कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ६ जनाको आइसियु र १ जना भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा सेतीमा कोरोना परिक्षण भने नभएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन ।



















