खाेज्नुहाेस

उ चुरोट जस्तै हानिकारक छ

Image

उ शब्दले कति चुरोट जस्तै व्यवहार भएको मनुष्यको मन च्वस दुख्नसक्छ हो त्यसैले त उ चुरोट जस्तै हानिकारक छ ।

हिजो उसलाई बाटोमा देख्दा म चुरोटको धुवा जस्तै डराए, कतै मलाई यो चुरोटे धुवाले असर गर्लाकि भनेर । आजभोलि हामिले उसलाई चुरोट को संज्ञा दिएका छौ, किनकि उ चुरोट जस्तै हानिकारक छ ।

attariya hospital

उसले क लाई ख भन्छ, आफुभन्दा ठुलोलाई सानो भन्छ, उज्यालोलाई अध्यारो भन्छ, राम्रो लाई फुचेरो (नराम्रो) भन्छ, उसमा घमन्ड छ केबल उ बाचेको छ त खानको लागि मात्र । मानब हुनुपर्नेमा उ दानब भएको छ, हो त्यसैले त उ चुरोट जस्तै हानिकारक छ ।

उसले अरुको बिचारलाई मान्दैन आफ्नो बिचारमा अडिग छ । केबल उसले निरुत्साहितका सिद्धान्त प्रतिवाद गर्छ । हो त्यसैले त उ चुरोट जस्तै हानिकारक छ ।

आकाशमा उड्ने चरालाई समेत उसले उत्प्रेणा दिनसक्छ कि तिमि उडेको होईन गुडेको हौ, समुन्द्र लाई भन्नसक्छ तिमि महासागर हैन केवल एउटा पोखरि हौ । त्यसैले त उ चुरोट भन्दा हानिकारक छ ।

अस्ती उसले गरेर गएको हो भन्न सक्दैन उसले केवल मरेर गएको मात्र भन्छ । माया, ममता, स्नेह, यादगर लायक छैन हो, किनकि उ चुरोट भन्दा हानिकारक छ ।

navjiwan hospital

मलाई माया गर्ने भिडमा उसलाई सम्झन मन लाग्दैन केवल मन बाट टाढा राख्छु । उसले कहिले भलो चाहेन मात्र कुभलो त्यसैले त उ चुरोट जस्तै हानिकारक छ ।

जिवनका हरेक बाटोमा उसको छाया नदेखियोस उसको परिकल्पना नगरीयोस । उसले बोल्ने ति तिरजस्तै शब्द सुन्नु नपरोस किनकि उ चुरोट जस्तै हानिकारक छ ।

मेरा ति लक्ष्यहरुलाई सहजै पानिमा मिलाउने मिसाइल जस्ता उसका बानि व्यहोरा । सम्झीदा बारम्बार उसप्रतिको आक्रोस अझै मेटिएको छैन किनकि उ चुरोट जस्तै हानिकारक छ ।

गित, वेद र पुराणका कुरा सिकाउन जरुरि छ, उसलाई मानव चेतना जोगाउन कठोर । शब्दमा मानव मनहरु कति दुखे कति किनकि उ चुरोट जस्तै हानिकारक छ ।

कुनै दिन उसले सोच्नु पर्ने छ मानव जिवनको अर्थ हामि खानमात्र होइन केहि गर्ने आएको हो । बाच्न मात्र होइन हामि धर्तिमा मर्न पनि आएको हो उसले सिक्न जरुरि छ किनकि उ चुरोट भन्दा हानिकारक छ ।

माया ममता का गित सुन्दैन कि महाकवि लक्ष्मि प्रसाद देवकोटाका कविता सुन्दैनकि कथा कविता पढदैन कि अरुप्रति सकारात्मक हुदैन उसले कयौन मानव मनहरुलाई चोट पु¥याइसक्यो किनकि उ चुरोट भन्दा हानिकारक छ ।

हामि उसलाई कमलको फुलजस्तै मन पर्ने देख्न मन छ सधै उसको मनहरुमा सकारात्मक सोचको विकास गर्न मन छ, राम देवको महान बाणिले उसको मन परिवर्तन का माहोल बनुन किनकि उ चुरोट भन्दा हानिकारक छ ।

खेमराज ओझा
गोदावरी –२ अत्तरिया, कैलाली