खाेज्नुहाेस

कैलालीको हरैयामा ट्रक पल्टियो

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ७ हरैयामा ट्रक पल्टिएको छ । अत्तरियाबाट पुर्वतर्फ जाँदै गरेको ना ४ ख ५७६२ नम्बरको ट्रक आफै अनियन्त्रित भएर पल्टिएको हो ।

navjiwan hospital

गन्नाको भुसा लोड गरिएको ट्रक सडक किनाराको कल्भर्टको पर्खालमा ठोक्किएर पल्टिएको घटनास्थलमा रहेका स्थानीय लेखकराज जोशीले जानकारी दिएका छन ।

attariya hospital

दुर्घटनामा मानविय क्षति भने नभएको बुझिएको छ । अहिले प्रहरी घटनास्थलमा पुगेको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेकोले बिस्तृत विवरण आउन भने बाँकी रहेको छ ।