खाेज्नुहाेस

सुदूरपश्चिममा ५५८ कोरोना संक्रमित थपिए

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा बिहिबार थप ५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ९१३ नमूनाको कोरोना परिक्षण गरिएकोमा उक्त संख्यामा संक्रमित थपिएका हुन ।

navjiwan hospital

स्वास्थ्य निर्देशनालयका अनुसार एन्टिजेन बिधिबाट १ हजार ६०६ नमूनाको कोरोना जाँच गर्दा ३६४ र पीसीआर बिधिबाट ३०७ नमूनाको कोरोना जाँच गर्दा १९४ जनामा संक्रमण पुष्टि भएको छ ।

attariya hospital

जसमध्ये सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा २ सय ३५ नमूनाको कोरोना जाँच गर्दा १४६ जनामा संक्रमण पुष्टि भएको थियो ।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा १ कोरोनास संक्रमितको मृत्यु भएको छ । मुत्यु हुनेमा गोदावरी नगरपालिकाकी ६२ बर्षिय महिला रहेकी छिन ।

यसैबिच पछिल्लो २४ घण्टामा प्रदेशमा १३० जनाले कोरोना जितेका छन । यो संगै कोरोना जित्नेको संख्या पनि ३८ हजार ८४३ पुगेको छ ।