खाेज्नुहाेस

अत्तरियामा विङ्गर र मोटरसाइकल एक आपसमा ठोक्किदा २ जना घाइते

Image

अत्तरिया – कैलालीको अत्तरिया चोक नजिकै विङ्गर र मोटरसाइकल एक आपसमा ठोक्किदा २ जना घाइते भएका छन ।

navjiwan hospital

६ लेन सडकमा भएको दुर्घटनामा विङ्गरमा सवार कञ्चनपुरको कृष्णपुुर नगरपालिका – ४ की हरु देवी तिरुवा र मोटरसाइकल चालक सुवास थापा घाइते भएका हुन ।

attariya hospital

घाईते तिरुवाको टाउको र छातिमा चोट लागेको छ । उनलाई उपचारका लागि धनगढी पठाइएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

यस्तै मोटरसाइकल चालक थापा भने सामान्य घाइते भएको र, उनको स्थानीय मेडिकलमा उपचार गरिएको प्रहरीले जनाएको छ ।
विङ्गर र मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको जनाएको छ ।