अत्तरिया – सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय ७६ नमूनाको कोरोना परिक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन ।
अस्पतालबाट पछिल्लो २४ घण्टामा २ कोरोना संक्रमित डिस्चार्ज भएका छन भने ९ कोरोना संक्रमित उपचारका लागि अस्पतालमा भर्ना भएका छन ।


हाल सेतीमा १९ कोरोना संक्रमित उपचाररत रहेको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिएका छन । संक्रमित मध्ये २ जनाको आइसियुमा उपचार भइरहेको छ ।
उनका अनुसार सेतीमा पछिल्लो २४ घण्टामा १ कोरोना संक्रमितले ज्यान गुमाएका छन । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका १ का ७७ बर्षिय पुरुष रहेका छन ।


















