खाेज्नुहाेस

कैलालीमा ढुङ्गा बोकिरहेको ट्रयाक्टरमा सालका काठ बरामद

Image

अत्तरिया – कैलालीमा ढुङ्गा बोकीरहेको ट्रयाक्टरमा लुकाई छिपाई लगिरहेको अवस्थामा सालको काठ बरामद गरिएको छ ।

जिल्लाको बर्दगोरीया गाउँपालिका – ३ रानिकुण्डामा से १ त ५५६० नं. को ट्रयाक्टरलाई काठ ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

attariya hospital
navjiwan hospital

प्रहरी ढुङ्गा बोकिरहेको ट्रयाक्टरमा अवैध रुपमा लुकाई छिपाई लगिरहेको अवस्थामा ७ फिट लम्बाईका ६ थान सालका गोलिया बरामद गरेको ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाले जनाएको छ ।

प्रहरी कार्यालयका अनुसार बरामद गरिएको काठलाई आवश्यक कारबाहीका लागी सव डिभिजन बन कार्यालय बौनिया पठाईएको छ ।