बैतडी – बैतडीको सुर्नया गाउँपालिका–६ का ३० वर्षीय डम्मर अवस्थीको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले थप एकजनालाई नियन्त्रणमा लिएको छ । सुर्नया–६ कै ३० वर्षीय नवराज अवस्थीलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।
उनले नवराजमाथि शंका लागेर नियन्त्रणमा लिएको र अहिले नै उनको संलग्नता हो भन्न नसकिने बताए ।


गत मंसिर १४ गतेदेखि हराइरहेका डम्मरको शव गत पुस २८ गते घर नजिकैको धुरा जंगलमा १५ फिट गहिरो गुफामा गाडेको अवस्थामा फेला परेको थियो ।
यसअघि डम्मरको हत्यामा संलग्न रहेका सोही ठाउँका २३ वर्षीय हरिश अवस्थी प्रहरी नियन्त्रणमै छन् ।
सम्बन्धित समाचार

















