अत्तरिया – कैलालीको गौरीफन्टा नाकाबाट भित्रिएका १८० जनामा कोरोना संक्रमिण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नाकाबाट भित्रिएका ८ सय ३९ जनाको कोरोना परिक्षण गर्दा १ सय ८० जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो केही दिन यता गौरीफन्टा नाका भएर भित्रिनेमा कोरोना पुष्टि हुने क्रम बढ्दै गएको छ ।

गौरीफन्टा नाकाबाट एक सातामा ५ हजार १ सय ६७ जना नेपाल भित्रिएकोमा ५ सय ९३ जनामा कोरोना पुष्टि भएको छ ।
सम्बन्धित समाचार : सुदूरपश्चिममा ३८३ कोरोना संक्रमित थपिए, ७० प्रतिशत भारतबाट भित्रिएका


















