अत्तरिया – सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टमा एन्टीजेन बिधिबाट १९ सय नमूनाको कोरोना परिक्षण गर्दा ३ सय १० र पीसीआर बिधिबाट १ सय ३१ नमुनाको कोरोना परिक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा भारतबाट भित्रिएका २ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ । जुन आज थपिएका कुल संक्रमितको ७० प्रतिशत हो ।


कञ्चनपुरको गड्डाचौकी नाकाबाट भित्रिएका ८ सय ८९ जनाको कोरोना परिक्षण गर्दा ८६ जना, कैलालीको गौरिफन्टा नाकाबाट भित्रिएका ८ सय ३९ जनाको कोरोना परिक्षण गर्दा १ सय ८० जना र झुलाघाट नाकाबाट भित्रिएका ७० जनाको कोरोना परिक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो ।
यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ५० हजार १ सय ८० पुगेको छ ।
निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना जित्नेको संख्या ३८ हजार २ सय २९ पुगेको छ ।


















