
कञ्चनपुर – लागु औषध सहित कञ्चनपुरबाट २ जना पक्राउ परेका छन । लागु औषध सहित दोधारा चाँदनी नगरपालिका–७ का २२ वर्षीय प्रेमसिंह ठगुन्ना र सोही ठाउँका १९ वर्षीय युवराज विश्वास पक्राउ परेका हुन ।
उनीहरुको साथबाट १८ ग्राम ४७० मिलिग्राम लागु औषध खैरो हिरोईन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।


















