अत्तरिया – कैलालीमा धनगढी हुने भनिएको सुदूरपश्चिम महोत्सव पनि स्थगित भएको छ । आगामी माघ १८ गते देखि आयोजना गर्ने भनिएको महोत्सव कोरोनाका कारण स्थगित गरिएको हो ।
आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै महोत्सव स्थगित गरिएको जनाएको छ ।


विज्ञप्तीमा सरकारले मेला, महोत्सव गर्न नपाउने गरी गरेको आदेशको पालना गर्दै महोत्सवको कार्यक्रम स्थगित गरिएको उल्लेख छ ।
महोत्सव मुल आयोजक मुल समितिका संयोजक पुष्पराज कुवंरद्धारा हस्ताक्षरित विज्ञप्तीमा अर्को सुचना जारी नभए सम्मका लागि महोत्सव स्थगित गरिएको जनाइएको छ ।
यसअघि कैलालीकै अत्तरियामा फागुन २७ गते देखि सुरु गर्ने गरि तयारी गरिएको महोत्वस पनि कोरोनाकै कारण एक दिन अगाडी स्थगित गरिएको थियो ।


















