अत्तरिया – सुदूरपश्चिम प्रदेशमा एकैदिन १ सय ९४ कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा १ हजार ७ सय १३ नमूनाको कोरोना परिक्षण गर्दा १ सय ९४ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा एन्टीजेन बिधिबाट १ हजार ६ सय १६ नमुनाको कोरोना परिक्षण गर्दा १ सय ५५ र पीसीआर बिधिबाट ९७ नमूनाको कोरोना परिक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको छ ।


संक्रमित मध्ये सीमा नाकामा गरिएको परिक्षणमा १ सय ४८ कोरोना संक्रमित थपिएका छन । जसमध्ये गौरीफन्टा नाकाबाट भित्रिएका ७७ र गड्डाचौकी नाकाबाट भित्रिएका ७१ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४९ हजार २ सय २५ पुगेको छ ।
प्रदेशमा सोमबार १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ५ जनाले कोरोना जितेका छन । यो संगै कोरोना जित्नेको संख्या ३८ हजार २ सय ८ पुगेको छ ।
















