अत्तरिया – नेकपा एमालेको जिल्ला नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ । शनिबार जारी गरिएको निर्वाचन कार्यक्रम अनुसार आज बिहान साढे ८ बजेदेखि दिउँसो साढे १ बजे सम्मका लागि मतदानको समय तोकिएको छ ।
नेतृत्वका लागि आकांक्षी बीच सहमति नजुटेपछि हिजै २ प्यानलले उम्मेदवारी गर्दा गराएका छन ।चुनावका लागि वर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्द प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् ।


उपाध्यक्ष चन्द प्यानलबाट उपाध्यक्षमा सीताराम बुढाथोकी, सचिवमा डेजी पाण्डे र उपसचिवमा ममताप्रसाद चौधरी र लोकेन्द्र शाही उम्मेदवार रहेका छन् । यसअघि थापा, चन्द र जिल्ला कमिटी सचिवालय सदस्य डेजी पाण्डेले पनि अध्यक्षमा दाबी गरिरहेका थिए ।
प्यानलसहित चुनावमा जाने तयारी भएपछि पाण्डेले उपाध्यक्ष चन्दलाई अध्यक्षमा समर्थन गर्ने घोषणा गरेका छन् । थापा प्यालनबाट उपाध्यक्षमा दुर्गा जोशी, सचिवमा दानबहादुर बिक र उपसचिवमा प्रेम चौधरी र मदन ओझा उम्मेदवार रहेका छन् ।
कैलालीमा २२ हजार बढी संगठित सदस्य छन् । आयोजक कमिटी र प्रतिनिधि गरी करिब ५६६ जनाले मतदान गर्नेछन् ।

















