अत्तरिया – कैलालीको गोदावरी नगरपालिका भित्र रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न आज गोदावरी नगपालिका र राष्ट्रिय भूमि आयोग बिच सम्झौता हुने भएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोग मार्फत यसअघि भएका कामलाई पुनः अगाडी बढाउन नगरपालिका र आयोग बिच सम्झौता हुन लागेको हो ।
समाचार अपडेट : गोदावरीका भूमिहिनलाई लालपुर्जा वितरण गर्न आयोग र नगरपालिका बिच सम्झौता

यसअघि देवि प्रसाद ज्ञवाली नेतृत्वको आयोग संग गोदावरी नगरपालिकाले २०७७ पुस २ गते सम्भौता गरेको थियो ।
जसअनुसार अत्तरियामा भूमि सम्बन्धी समस्या समाधान आयोग लागत संकलन एकाई स्थापना गरी आयोगका अध्यक्ष ज्ञवालीले नै उद्घाटन गरेका थिए ।

उक्त सम्झौता अनुसार नगरपालिकामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गर्ने काम गरिएको थियो । जसअनुसार गत बर्षको फागुन ४ गतेदेखि भएको लगत संकलनमा नगरपालिका भित्र १८ हजार ६४ जना भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका लगत फारम संकलन गरिएको छ ।
पछि केन्द्रमा सरकार परिवर्तन भएसंगै प्रधानमन्त्री सेर बहादुर देउवा नेतृत्वको सरकाले साउन १९ गते मन्त्रिपरिषद् बैठकबाट भूमिसम्बन्धी आयोग खारेज गर्ने निर्णय गरेकापछि गोदावरीमा पनि आयोगका सबै काम रोकिएको थिए ।
पुनः देउवा सरकारले भदौ २९ गते मन्त्रिपरिद्को बैठकबाट राष्ट्रिय भूमि आयोग गठन गरी अध्यक्षमा केशव निरौलालाई नियुक्त गरेपछि आयोगका काम अगाडी बढेको हो ।
सोही अनुसार रोकिएका काम अगाडी बढाउन नगरपालिका र आयोग बिच सम्झौता हुन लागेको गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले बताएकी छिन ।
उनले नगरपालिका र आयोगबिच आयोगको कार्यालय काठमाण्डौंमा सम्झौता हुने बताईन् । जसका लागि गोदावरी नगरपालिकाका नगरप्रमुख काठमाण्डौं गएका छन ।
सम्बन्धित समाचार : टेबुल मुनी थन्किए सुकुम्बासीका लगत फारम


















