अत्तरिया– दार्चुलाको छापरी र आसपासका क्षेत्रमा विगत ४ दिनदेखी विद्युत सेवा अवरुद्ध बनेको छ । मंगलबार दिउँसो आएको हावाहुरीका कारण जिल्लाको महाकारी नगरपालिका– १ लास्कु क्षेत्रमा विद्युत तार भाँचिदा अवरुद्ध बनेको विद्युत सेवा अझै सुचारु हुन नसकेको हो ।

नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय दार्चुलाका प्रमुख रोशन कुमार ठाकुरले हावाहुरीका कारण विद्युत अवरुद्ध बनेको बताए । उनले जिल्लाका अन्य सबै स्थानमा बत्ति भएपनि २ वटा ट्रान्सफर्मरमा तार टुटेका कारण बत्ति नभएको बताए । लगातार प्रतिकूल मौसमका कारण मर्मत कार्यमा केही ढिलाई भएको बताउदै उनले ८ स्थानमा विद्युत तार टुटेकाले र बनाउने क्रम जारी रहेको समेत जानकारी दिए ।

उनका अनुसार शुक्रबार सम्म जिल्लाका सबै स्थानमा अवरुद्ध विद्युत सेवा मर्मत भईसक्नेछ ।
विद्युत लाइन अवरुद्ध हुँदा छापरीस्थित नेपाल टेलिकमको सेवा समेत पूर्ण रूपमा बन्द भएको छ । जसका कारण उपभोक्ता समस्यामा परेका छन ।
















