खाेज्नुहाेस

बडेहामा रहेको शैलेश्वरी माविको ४ कोठे नयाँ भवनको उद्घाटन

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. ६ बडेहामा रहेको शैलैश्वरी माध्यमिक विद्यालयको ४ कोठे नवनिर्मित भवनको उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकाश मन्त्रालयको ३८ लाख सहयोग र १२ लाख विद्यालयको लगानी गरी जम्मा ५० लाखमा निर्मित उक्त भवनको शुक्रबार सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकाश मन्त्री दिर्घ सोडारी र राज्यमन्त्री चुन कुमारी चौधरीले सयुक्त रुपमा उद्घाटन गरेका हुन ।

attariya hospital

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खम्म बुढाले नयाँ भवन निर्माणले विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्नमा सहजता हुने बताए ।

‘१२ कक्षा सम्म पढाई हुने विद्यालयमा करिब १ हजार ३ सय विद्यार्थीहरु छन’ उनले भने ‘अझै पनि एउटा कक्षाकोठमा १ सय १० जना भन्दा बढी विद्यार्थी राखेर पढाउनुपर्ने बाध्यता छ, नयाँ निर्मित भवनले केही सहज गरेपनि अझै पर्याप्त रुपमा संरचनाहरु छैनन ।’

उनले अझै विद्यालयमा करिब १० वटा कोठा सम्मको भवन बन्न सके विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदानका लागी सहज हुने बताए । उनले चालु आर्थिक वर्षमा पनि प्रदेश सरकारले विद्यालयका लागी बजेट विनियोजन गरेको बताए ।

navjiwan hospital

‘विज्ञान प्रविधि सम्बन्धी शिर्षकमा चालु आर्थिक वर्षमा प्रदेश सरकारले १० लाख रुपैया विनियोजित गरेको छ, त्यसको सम्झौता हुन बाँकी छ’ उनले भने ‘सम्झौता भए विज्ञान प्रविधि सम्बन्धी सामग्री खरिद गर्ने र विद्यालयको मुख्य गेट मर्मत गर्ने हामीले योजना बनाएका छौ ।’

उनले शिक्षाको मापदण्ड अनुसार विद्यालयमा शिक्षकहरुको पनि अभाव रहेको बताए । उनले विद्यार्थीको चापलाई मध्यनजर गर्दै शिक्षाको मापदण्डको आधारमा विद्यालयमा अझै १० जना जति शिक्षकहरु आवश्यक रहेको बताए ।

हाल विद्यालयमा ३५ जना शिक्षक रहेकामा करिब २० जनालाई निजि स्रोतबाट राखिएको विद्यालयका अध्यक्ष बुढाले बताए । नयाँ निर्मित भवन उद्घाटनका साथै कार्यक्रममा गोदावरी नगरपालिकाको अनुदानमा निर्मित विज्ञान प्रयोगशाला र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट अनुदान प्राप्त आई.सि.टी प्रणालीको पनि उद्घाटन गरिएको छ ।

विद्यालयमा कक्षा विज्ञान प्रयोगशाला निर्माणले विद्यार्थीहरुलाई थप राहत भएको विद्यालयका व्यवस्थापन समिति अध्यक्ष खम्म बुढाले बताए । उनले विद्यालयलाई प्रविधिमैत्री बनाउन आई.सि.टी प्रणालीले पनि सहयोग गरेको बताए ।

उनले प्रविधिमैत्री विद्यालयको लागी ईन्टरनेट, प्रोजेक्टर र ल्यापटप जडान गरी आई.सि.टी. को माध्यमबाट पठनपाठनको सुरुवात गर्न लागिएको बताए । कार्यक्रममा विद्यालयलाई विभिन्न कोणबाट सहयोग पु-याउने व्यक्तिहरुका साथै विद्यालयका पुर्व शिक्षकहरुलाई पनि सम्मानित गरिएको थियो ।

सम्बन्धित समाचार : संघिय सरकारका कारणले सुदूरपश्चिमको राजधानी बनेन् : मन्त्री सोडारी