खाेज्नुहाेस

संघिय सरकारका कारणले सुदूरपश्चिमको राजधानी बनेन् : मन्त्री सोडारी

Image

अत्तरिया – जग्गाको स्वामित्व प्राप्त गर्न नसक्दा राजधानी तोकिएको स्थानमा संरचना निर्माणमा समस्या भैरहेको सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री दिर्घ सोडारीले बताएका छन ।

शुक्रबार कैलालीको गोदावरी नगरपालिका – ६ बडेहामा रहेको शैलेश्वरी माध्यमिक विद्यालयको नयाँ निर्मित भवनको उद्घाटन समारोहमा बोल्दै मन्त्री सोडारीले संघिय सरकाले प्रदेशले राजधानी तोकिएको स्थानको स्वामित्व दिन नसक्दा भौतिक संरचनाहरु निर्माण गर्न नसकिएको बताए ।

attariya hospital

‘खासगरी त्यसमा वनक्षेत्र भएको हुँदा संघिय सरकारले हामीलाई हस्तान्तरण नगरिदिएको कारणले राजधानी तोकिएको क्षेत्रमा हामी भौतिक पुर्वाधार निर्माणमा अगाडी बढ्न सकेका छैनौ’ उनले भने ‘त्यो प्रदेश सरकार मातहत छैन, भुमिको अधिकार संघिय सरकार मातहत छ, त्यो भुमी हामीले नपाएको कारणले संरचना निर्माणको काम अलमलिएको छ ।’

उनले अहिलेका प्रधानमन्त्री सुदूरपश्चिमकै भएकाले राजधानीको भुमि स्वामित्वको विषयमा पहल गरिहेको उनले बताए । उनले भुमिकै कारण ६ महिनामै निर्णय गरेको कुरा ४ वर्ष वितिसक्दा पनि पुरा हुन नसकेको उनले बताए ।

navjiwan hospital

यसैगरी नयाँ भवन उद्घाटन समारोहमा बोल्दै उनले वर्तमान परिस्थीतिमा विद्यार्थीहरुको शिक्षालाई गुणस्तरिय र जिवनोपयोगी शिक्षामा उपान्तरण गर्न आवश्यक रहेको समेत बताए ।

उनले गुणस्तरिय शिक्षाका निम्ति भौतिक पुर्वाधार पनि अनिवार्य रहेको बताए । विद्यालयलाई थप भवन र अन्य भौतिक संरचना निर्माणका लागी प्रदेश सरकार सहयोग गर्ने समेत उनले बताए ।

भौतिक पुर्वाधार, बाटो, विद्यालयको शैक्षिक स्तर उन्नतीको क्षेत्रमा, सडक पुलको क्षेत्रमा तथा समग्र विकास निर्माणको काममा प्रदेश सरकार जनताको पक्षमा रहेको उनको भनाईछ ।

विद्यालय शिक्षाको मन्दिर भएकाले बालबालीकाहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्ने वातावरण बनाउन स्थानियहरुको भुमिका पनि अहम रहने उनले बताए ।