खाेज्नुहाेस

लालपुरमा रहेको सरस्वती ग्रामिण विद्युत सहकारीको साधारण सभा सम्पन्न

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ७ लालपुरमा रहेको सरस्वती ग्रामिण विद्युत सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बुधबार एक औपचारीक कार्यक्रमका बिच संस्थाको १५ औं साधारण सभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष ठक्कर बहादुर मगरको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका – ७ का वडाध्यक्ष हेमराज ओझा रहेका थिए ।

attariya hospital

कार्यक्रममा संस्थाका अध्यक्ष ठक्कर बहादुर मगरले संस्थाको वार्षिक प्रगती एवम् निति तथा कार्यक्रमको प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाका प्रबन्धक जयराज पाठकले संस्थाको लेखापरिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

navjiwan hospital

संस्थाले आर्थिक वर्ष २०७७/०७८ को असार मसान्त सम्म करिब ३० लाख बराबरको कारोबार गरेको छ ।

जसमा संस्थाले ३ लाख रुपैया मुनाफा आर्जन गरेको छ । ५६५ जना शेयरसदस्य रहेको संस्थाको कार्यक्षेत्र गोदावरी नगरपालिकाको वडा नम्बर ६ र ७ रहेको संस्थाका प्रबन्धक पाठकले बताए ।

कार्यक्रममा संस्थाको भवन निर्माणमा सहयोग पु¥याएको भन्दै वडाकार्यसमितिलाई सम्मान पनि गरिएको थियो । संस्थाका सचिव रती कुमालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन संस्थाका प्रबन्धक जयराज पाठकले गरेका थिए ।

साधारण सभामा वडाका जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि एवम् स्थानियहरुको सहभागीता रहेको थियो ।