अर्घाखाँची – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेबाट निर्वाचित अर्घाखाँची पाणिनि गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमलाई काँग्रेसमा प्रवेश गराएका छन् ।

अर्घाखाँची पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम सहित करिब २ सय जनालाई कांग्रेस प्रवेश गराइएको काँग्रेस पाणिनी गाउँपालिकाले जनाएको छ ।

पाटी प्रवेश तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्न कांग्रेस केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल, सञ्जय गौतम, युवा नेता डिल्लीराम सुवेदी लगायत कार्यक्रममा सहभागी रहेको काँग्रेस अर्घाखाँचीका नेता डा इन्द्रमणि पौडेलले जानकारी दिए ।
दुर्गाफाँटमा आएका छन् कार्यक्रममा करिब ८ हजार मानिसको जनसहभागिता रहेको आयोजकले जनाएका छन् ।

















