अत्तरिया – कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुइ मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा कृष्णपुर नगरपालिका–५ गुलरियाका १८ वर्षीय विमल रानाको मृत्यु भएको हो ।

बैलौरी–कलुवापुर सडकखण्डमा बेलौरी जाँदै गरेको सुपप्र ०१००९ प ३७२६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको से ३ प २४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर मोटरसाइकल चालक राना घाइते भएका थिए ।

घाइते रानाको बेलौरीस्थित इशान मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।



















