खाेज्नुहाेस

कञ्चनजंगा अग्रेजी माध्यमिक विद्यालयको २९औ वार्षिक उत्सव सम्पन्न

Image

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. ५ गुलरियामा रहेको कन्चनजंगा अग्रेजी माध्यमिक विद्यालयको २९औ वार्षिक उत्सव सम्पन्न भएको छ ।

विद्यालयले विद्यार्थीहरुको उपस्थितिमा एक औपचारीक कार्यक्रमको आयोजना गरि सामान्य रुपमा वार्षिक उत्सव सम्पन्न गरेको हो ।

attariya hospital
navjiwan hospital

विद्यालयका प्राचार्य पदम बहादुर ऐरको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष खगेन्द्र प्रसाद ओझा रहेका थिए ।

कोरोना महामारीका कारण वृहत रुपमा नभई सामान्य रुपमा कार्यक्रम आयोजना गरेको विद्यालयका प्राचार्य पदम बहादुर ऐरले जानकारी दिए ।

उनले कार्यक्रममा विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरणका साथै विद्यार्थीहरुकै सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरिएको बताए ।