खाेज्नुहाेस

कैलालीको चुरेबाट १६ किलो चरेस सहित पक्राउ परेका सार्वजनिक

Image

अत्तरिया – कैलालीको चुरेबाट १६ किलो चरेस सहित पक्राउ परेकालाई प्रहरीले सार्वजनिक गरेको छ । सोमबार राति बझाङबाट धनगढीतर्फ आउँदै गरको से १ ज ७१८ नम्बरको जीपलाई चुरे गाउँपालिका – ५ बेल्चापलान चेकजाँच गर्दा पक्राउ परेका २ जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले आफ्नो आधिकारीक फेसबुक पेज मार्फत सार्वजनिक गरेको हो ।

navjiwan hospital

जीप चेकजाँचका क्रममा बझाङको बुङ्गल नगरपालिका – ११ देउलीकोट बस्ने २८ बर्षिय बिर बोहरा र सोही ठाउँ बस्ने ४० बर्षिय गमिलाल बोहरा पक्राउ परेका थिए ।

attariya hospital

उनीहरुलाई सुदूपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको आरआईटी र अस्थाई प्रहरी पोष्ट खानिडाँडाबाट खटीएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीले जीप सहित नियन्त्रणमा लिएका दुवैजना माथि अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित समाचार : बझाङबाट धनगढी जाँदै गरेको जीपबाट १६ किलो चरेश बरामद