खाेज्नुहाेस

मजगाउँमा रहेको महाशिवशक्ती ग्रामीण विद्युत सहकारीको साधारण सभा सम्पन्न

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ८ मजगाँउमा रहेको महाशिवशक्ती ग्रामीण विद्युत सहकारीको साधारण सभा सम्पन्न भएको छ । सहकारीको सोमबार १६ औं वार्षीक साधारण सभा एक भब्य कार्यक्रमका बिच सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष फुलराम चौधरीको अध्यक्षतामा भएको साधारण सभाकी प्रमुख अतिथी सुदूरपश्चिम प्रदेशकी भौतिक पुर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी रहेकी थिईन् ।

attariya hospital
navjiwan hospital

कार्यक्रममा उद्घाटन गर्दै राज्यमन्त्री चौधरीले सहकारीले ग्रामिण क्षेत्रमा विद्युतको वितरण संगै कृषि क्षेत्रमा पनि उत्कृष्ट काम गरेको भन्दै प्रशंसा गरीन् । उनले सहकारीले किसानलाई मल बिउबिजन उपलब्ध गराउन सहयोग गरिरहेको बताउँदै आगामी दिनमा पनि यस कामलाई निरन्तरता दिन आग्रह गरिन् ।

साधारण सभामा संस्थाका प्रवन्धक सुवास चौधरीले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै उनले संस्थाले आर्थीक वर्ष २०७७/७८ मा करिब ५० लाख बराबरको कारोबार गरेको बताए । प्रतिवेदनमा कुल बारोबारबाट खुद नाफा १ लाख ६७ हजार आर्जन गरेको उल्लेख छ ।

सहकारीमा हाल साविकको श्रीपुर गावीस – ७ का ३ सय ८५ जना शेयर सदस्यहरु आवद्ध रहेका छन् ।