कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाका ६ हजार ६४६ विद्यार्थीलाई कोरोना विरुद्धको मोर्डना खोपको पहिलो मात्रा लगाइएको छ । कोरोनाको खोप अभियानअन्तर्गत १२ देखि १७ वर्ष उमेर पुगेका छात्रा तीन हजार ३६८ र छात्र तीन हजार २७८ लाई विद्यालयमै पुगेर स्वास्थ्यकर्मीले खोप लगाएका हुन् ।
नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टका अनुसार पुस ४ गते देखि ११ गते सम्मको अवधिमा वडा नं १ का ९६६, वडा नं २ का ३४, वडा नं ३ का ५५, वडा नं ४ का ८९५, वडा नं ५ का ७३२ र वडा नं ६ का ३५५ जना विद्यार्थीलाई कारोना विरुद्धको खोपको पहिलो मात्रा लगाइएको छ ।


यसैगरी, वडा नं ७ का ८२४, वडा नं ८ का ४५७, वडा नं ९ का १६५, वडा नं १० का ९८१, वडा नं ११ का एक हजार ६३६ र वडा नं १२ का ३३० जना विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाइएको छ ।
विद्यालयमा खोप लगाउनबाट छुटेका विद्यार्थीलाई नजिकैको स्वास्थ्य संस्थामा खोप लगाउने व्यवस्था मिलाइएको नगर स्वास्थ्य शाखाका प्रमुख भट्टले बताए ।
खोप लगाउनका लागि नगरपालिकाका १२ वटै वडामा ४२ वटा केन्द्र निर्धारित गरिएका छन् । नगरपालिकालाई प्राप्त खोपको मात्रा सात हजार २२० मध्ये हाल सम्म छ हजार ९१० मात्रा लगाइएको छ । प्राप्त खोपको ३१० मात्रा बचतका रूपमा रहेको छ ।

















