अत्तरिया – धनगढीका अटो चालक खडक बहादुर बलायरले आफ्नो अटोमा छुटेको पर्स प्रहरी मार्फत सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका छन ।
उनले यात्रुको अटोमा भेटिएको भारतिय २ हजार २२० र नेपाली १ हजार ७९५ रुपैयाँ सहित अन्य कागज भएको पर्स जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाएका हुन ।


प्रहरीले कागजातका आधारमा उक्त पर्स धनी त्रिनगर मावि कैलालीमा लेखापाल पदमा कार्यरत पदम राज जोशीलाई सम्पर्क गरी फिर्ता गरेको छ ।
आइतबार बिहान जोशीको पर्स धनगढीको ट्राफिक चौराहबाट एलएन चोक तर्फ जादैैै गरेको सुप्रप ००१ ह ३२२३ नम्बरको अटोमा छुटेको थियो ।
छुटेको पर्स अटो चालकले ईमान्दारीता देखाई जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएको प्रति प्रहरीले धन्यवाद ज्ञापन गरेको छ ।

















