खाेज्नुहाेस

माओवादी केन्द्रको ८ औं राष्ट्रिय महाअधिवेशन आजदेखि सुरु

Image

नेकपा (माओवादी केन्द्र) को ८ औं राष्ट्रिय महाअधिवेशन आजदेखि सुरु हुँदैछ। नयाँ नेतृत्व चयन गर्ने सम्मेलनका लागि देशभरका प्रतिनिधि राजधानी काठमाडौं आइसकेका छन्।

navjiwan hospital

आठौं महाधिवेशनमा परिवर्तन गरिएको प्रथम राष्ट्रिय सम्मेलनको कमलादीस्थित प्रज्ञा भवनमा आज दिउँसो १ बजे उद्घाटन हुनेछ।

attariya hospital

माओवादी स्थायी समिति बैठकले सम्मेलनलाई शनिबारमात्रै महाधिवेशनमा रूपान्तरण गरेको थियो। महाधिवेशनमा रुपान्तरण गर्ने निर्णयलाई अनुमोदन गर्न अहिले ८ बजे केन्द्रीय समिति बैठक बस्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

सम्मेलनमा १६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्। जसमा १४८ जना अध्यक्ष पुष्पकमल दाहालले मनोनित गरेका छन्।