धनगढी – कैलालीमा श्रीमानको कुटाइबाट श्रीमती गम्भीर घाइते भएकी छिन् ।

जिल्लाको बर्दगोरिया गाउँपालिका–३, सम्झना टोलकी ३० वर्षीया कीमसरा विक श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ३५ वर्षीय श्रीमान भरत विकको कुटाइबाट उनी गम्भीर घाइते भएकी हुन् ।

घरायसी झगडा हुँदा दाउराले टाउकोमा हिर्काउँदा कीमसर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
‘गम्भीर घाइते उनलाई बर्दगोरिया अस्पतालमा उपचार सम्भव नभएपछि कोहलपुर रेफर गरीएको छ’ जोशीले भने, ‘श्रीमानलाई नियन्त्रणमा लिइएको छ ।’




















