डोटी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जिल्लाको जोरायल गाउँपालिका–१, २, ३ र ४ का एकल महिला, असहाय, गरिब तथा ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण गर्नुभएको छ ।
चिसोबाट जोगाउनका लागि उक्त गाउँपालिकामा रहेका ७५६ जनालाई न्यानो लुगा वितरण गर्नुभएको उहाँका स्वकीयसचिव हेमन्त रेग्मीले जानकारी दिए ।


मन्त्री आलेले आफ्नै लगानीमा चिसोका समयमा लुगा बितरण गरेपछि यहाँका नागरिकहरु निकै खुशी भएको वडा नं –२ का वडाअध्यक्ष मानबहादुर मल्लले बताए । उनले भने, ‘चिसो समय छ, यहाँका एकल महिला, असहाय, गरिब तथा ज्येष्ठ नागरिकलाई मन्त्री आलेले न्यानो लुगा वितरण गर्नु भएपछि निकै राहत भएको छ, हामी खुशी भएका छौँ ।
जिल्लाका अन्य स्थानीयमा रहेका एकल महिला, असहाय, गरिब तथा ज्येष्ठ नागरिकलाई पनि न्यानो लुगा वितरण गरिने कार्यक्रम रहेको मन्त्री आलेको सचिवालयले जनाएको छ ।
रासस

















