खाेज्नुहाेस

कैलालीकाअर्जुन दास हत्या प्रकरण : स्थानीयले उठाउन दिएनन शब

Image

धनगढी – कैलालीको जानकी गाउँपालिका–९ का अर्जुन दासको हत्यामा संलग्नलाई पक्राउ गरेर यथाशीघ्र सार्वजनिक गर्नुुपर्ने माग गर्दै स्थानीय वासिन्दाले शव उठाउन अस्वीकार गरेका छन् ।

दासको हत्यामा संलग्नहरुको पहिचान भइसकेको तर प्रहरीले पक्राउ गर्न आनाकानी गरेको आरोप लगाउँदै घटनास्थल अमरावती सामुदायिक वनमा भेला भएका स्थानीयले शव उठाउन नदिएका हुन् ।

attariya hospital
navjiwan hospital

प्रहरीले घटनाको अनुसन्धान भइरहेकाले परीक्षणका लागि अस्पतालसम्म लैजान दिन आग्रह गरेपनि उनीहरुले हत्यामा संलग्नलई पक्राउ गरेपछि मात्र शव उठाउन दिने अडान राखेका छन् ।

‘स्थानीयले अवरोध सिर्जना गर्दा आइतबार साँझसम्म पनि मृतकको शव घटनास्थलबाट उठाउन सकिएको छैन,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले भने, ‘कम्तीमा अस्पतालसम्म शव लैजान दिनुस् भन्दा उहाँहरुले मान्नुभएको छैन । हामी छलफलमै छौँ ।’

शुक्रबार साँझ घरबाट निस्किएका दास शनिबार बिहान टाउको छेदन गरेर रुखमा बाँधेको अवस्थामा भेटिएका थिए । घटनाको जिम्मेवारी लिएको टेलिफोन संवाद सार्वजनिक भइसकेको भन्दै स्थानीय वासिन्दा र आफन्तले त्यसै अडियो संवादको आधारमा संलग्नलाई पक्राउ गर्न माग गरेका छन् । यसैबीच प्रहरीले घटनामा संलग्न भएको आसन्कामा एक जनालाई पक्राउ गरेपनी नाम भने खुलाईएको छैन ।