अत्तरिया – कैलालीको अत्तरियामा गुडिरहेको ट्रकमा अकस्मात आगो लागेको छ ।

सुपप्र. ०२– ००१ – ख ११५९ नम्बरको ट्रकमा अकस्मात आगलागी भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

अत्तरियास्थित बुद्ध मन्दिर अगाडी पुर्वबाट पश्चिम आएको सिमेन्ट बोकेको ट्रकको पछाडीको टायरमा आगलागी भएको ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपि नवराज पोखरेलले जानकारी दिए ।
गोदावरी नगरपालिकाको दमकल, प्रहरी र स्थानियले आगो निभाएको र ट्रकमा क्षती हुन नपाएको उनले बताए ।

















