खाेज्नुहाेस

धनगढीमा जारी प्रधानमन्त्री महिला क्रिकेट कपमा कर्णाली पराजित

Image

धनगढी – प्रधानमन्त्रीकप महिला क्रिकेट प्रतियोगिता अन्तरगत शनिबार भएको उद्घाटन खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई १ सय ६० रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा पहिले ब्याटिङ गर्दै प्रदेश १ ले २० ओभरमा दुई विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो । जवाफमा कर्णाली ६ रनमा समेटियो ।

attariya hospital
navjiwan hospital

कुनै पनि खेलाडीले दोहोरो स्कोर बनाउन सकेनन् । प्रदेश १ का लागि अलिशा खडियाले पाँच विकेट लिइन् । उनले चार ओभरमा तीन मेडेर राखेर मात्र एक रन खर्चिएकी थिइन् । त्यस्तै संगीता राईले दुई तथा सवनम राईले एक विकेट लिइन् ।

त्यसअघि पहिलो ब्याटिङ गरेको प्रदेश १ ले मध्यम स्कोर बनायो । दोस्रो विकेटका लागि कप्तान रुविना क्षेत्री र अप्सरी बेगमले १ सय ६५ रनको साझेदारी गर्दै टिमलाई राम्रो लयमा पु¥याएका थिए ।

रुविनाले ६४ बलमा १० चौका प्रहार गर्दै ७६ रन बनाउँदा अप्सरी बेगमले ६२ बलमा पाँच चौकाको मद्दतले ६१ रनको योगदान दिइन् ।